नेपालगन्जका युवालाई नेतृत्व विकास तालिम
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले नगरका युवाहरुलाई नेतृत्व विकास तालिम दिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोग र युवा घरको आयोजनामा शुक्रबार र शनिबार युवा नेतृत्व तथा क्षमता विकास विषयक दुई दिने तालिम दिइएको हो ।
स्थानीय विकास, सामाजिक समावेशीकरण, स्थानीय विकासमा युवा सहभागिता, नेतृत्व विकास, नेतृत्व शैली, नेतृत्व प्रक्रिया, व्यक्तित्व विकास, स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, योजना तर्जुमाका चरण, योजना तर्जुमा सीप, योजना तर्जुमा प्रक्रियामा युवा सहभागिता, सकारात्मक सोच, रोलमोडल बन्ने टिप्सहरु, समयको महत्व, प्रविधिको प्रयोग, कृत्रिम बुद्धिमत्ता, तनाव व्यवस्थापन लगायतको विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा नमस्कार शाह, मन भण्डारी र रविन्द्र बोहराले सहजीकरण गर्नु भएको थियो । तालिममा विभिन्न वडाका ४० जना युवाहरुकोे सहभागिता रहेको थियो ।








