आइतबार नेपालगन्जमा लायन्स क्लबले बृहत रक्तदान गर्दै

नेपालगन्ज : बाँके र बर्दियाका लायन्सकर्मीहरुले आइतबार नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम गर्ने भएका छन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको एरिया नंं ४ ले नेपालगन्जकोे वेस्टर्न मलमा रक्तदान गर्न लागेको हो । लायन्सले गर्ने नियमित रक्तदानको अर्को श्रृङ्खला हो । यो रक्तदान कार्यक्रममा बाँके र बर्दियाका ३२ लायन्स क्लब, नेपालगन्जमा रहेका केही सामाजिक संघसंस्थाहरुको सहकार्य रहेको एरिया नंं. ४ का एरिया चिफ पुष्करबहादुर खड्काले जानकारी दिनुभयो । लायन्सले आयोजना गर्ने बृहत् रक्तदानमा १०० भन्दा बढी पिन्ट रगत संकलन हुने गरेको छ ।