बालसुधार गृहका बालकको माग, ‘रोमियो जुलियट ल’ !

नेपालगन्ज : बाँकेको जयेन्दु बालसुधार गृहका बालकहरुले सरकारसँग रोमियो जुलियट ल अनुसार कानुन संशोधन गर्न माग गरेका छन् ।
जयेन्दु बालसुधार गृहले बुधबार यहाँ आयोजना गरेको कानुनी साक्षरता कार्यक्रममा एडभोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता वसन्त गौतमले गरेको सहजीकरणका बेला बालकहरूले उमेर मिल्दो वा आपसी मञ्जुरीमा भएका शारीरिक सम्बन्धहरूलाई विश्वव्यापी अभ्यास (रोमियो जुलियट ल) अनुसार अपराधको दायरामा राख्न नहुने भन्दै यसमा कानूनी संशोधनको माग गरेका हुन् । सो अवसरमा सहजकर्ता गौतमले बालकहरुलाई योग, प्राणायाम र ध्यान सिकाउनु भएको थियो ।सुधार गृहमा विभिन्न २१ प्रकारका कसुर अन्तर्गत कुल १५४ वटा मुद्दाहरू दर्ता छन्, जसमा १७९ जना बालकहरू प्रतिवादीका रूपमा आश्रित रहेका छन्। जहाँ
जबरजस्ती करणीका ७४ वटा मुद्दा अन्तर्गत ७६ जना बालकहरू प्रतिवादी छन्, जसमध्ये ३४ को फैसला भइसकेको र ४२ जना पुर्पक्षमा छन्।
हाडनाता सहितको जबरजस्ती करणीका ६ मुद्दामा ६ जना बालकहरू सुधार गृहमा रहेका छन् । जबरजस्ती करणी उद्योगका ३ मुद्दामा ३ जना बालकहरू आबद्ध छन् । जयेन्दु बाल सुधार गृहको क्षमता १२० जनामा १७९ कानूनी विवादमा परेका बालकहहरु रहेका छन् ।