कांग्रेस बाँके-३ को क्षेत्रीय सभापतिमा शाह निर्वाचित

नेपालगन्ज : नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तरगत बाँके क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा केशवकुमार शाह निर्वाचित हुनु भएको छ ।

निर्वाचनमा शाहले ३९७ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी ज्ञानबहादुर ओलीले २२९ मत ल्याउनु भएको छ । सभापति पदका उम्मेदवार ओलीले सामाजिक सञ्जाल फेसबुकमा शाहलाई बधाइ दिनु भएको छ । ओलीले भन्नुभएको छ, बाँके क्षेत्र नम्बर ३ नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनबाट आदरणीय केशवकुमार शाह निर्वाचित हुनु भएकोले हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना ।
क्षेत्रीय समितिको सहसचिवमा मेघराज खड्का ४१५ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकट प्रतिद्वन्द्वी दीपक रेग्मीले १६५ मत ल्याउनु भएको छ । त्यसैगरी सदस्य पदमा नन्दकिशोर वर्मा, सुरेन्द्र थापा क्षेत्री र मोहमद खाँ निर्वाचित हुनु भएको छ ।