कोरोनाबाट दाङका ६५ वर्षका पुरुषको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड–१९) बाट दाङका ६५ वर्षका पुरुषको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार राप्ती गाउँपालिका–५ का ती पुरुषको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहीबार दिउँसो ३ः५० बजे मृत्यु भएको हो । १० असोजमा कोरोना संक्रमण पुष्टि भएका उनलाई मधुमेहको पनि समस्या थियो । योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचार गर्न आएर कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।