आइतवार, फाल्गुन २३, २०७७ / Sunday 7th March 2021

बाँकेमा आयो १७ हजार डोज कोरोना खोप, बुधबार भेरी अस्पतालबाट खोप अभियान सुरु हुने

नेपालगन्ज : बाँकेमा १७ हजार डोज कोरोना खोप आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार बुधबार बिहान भेरी अस्पताल परिसरबाट कोरोनाको खोप लगाउने अभियान शुभारम्भ हुनेछ । अस्पतालमा रहेका चार सय ५० जनालाई खोप लगाउने लक्ष्य छ । पहिलो चरणमा कोरोनाको फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीलाई खोप लगाउने लक्ष्य अनुरुप जिल्लाका ७ हजार ६ सय जनालाई खोप लगाइने प्रमुख शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *