राजापुरले बाँड्यो बालबालिकालाई न्यानो कपडा

शक्ति परियार । राजापुर

बर्दियाको राजापुर नगरपालिकाले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
चिसो बढ्दै गएपछि कमैया महिला जागरण समाज नेपालको आर्थिक सहयोगमा नगरपालिकाले १० वटै वडाका ३ वर्ष मुनीका एक सय ८२ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । नगर प्रमुख शिवप्रसाद चौधरीले चिसो र शितलहरबाट सबैभन्दा बढि बालबालिका प्रभावित हुने भएकोले न्यानो कपडा वितरण गरिएको बताए ।