भेरी अस्पताल नेपालगन्जमा कोरोना जाँच्नका लागि ल्याइएका उपकरणहरु यस्ता छन् (हेर्नुस् भिडियो)

मेरो खुसी संवाददाता
नेपालगन्ज : प्रदेश ५ सरकारको आर्थिक सहयोगमा भेरी अस्पताल नेपालगन्जले पनि कोरोना भाइरस (कोभिड १९) जाँच्ने पीसीआर मेसिन ल्याएको छ ।
अस्पतालले कोरोना जाँचका लागि रियल टाइम पीसीआर मेसिन तथा सेवा सन्चालनका लागि आवश्यक सामग्रीहरु (बायो सेफ्टी च्याम्बर, माइक्रोपीपिटिज, इन्कुबेटर, सेन्ट्रफुज तथा रिएजेन्ट) खरिदका लागि टेण्डर आव्हान गरेको थियो ।