नेपालगन्ज रंगशालाको ४० लाखको बरमुण्डा दुबो सुक्यो

बरमुण्डा दुबो सुकेको र दुबो रोपेपछिको हरियो नेपालगन्ज रंंगशाला । फोटो : मेरो खुसी

मेरो खुसी संवाददाता
नेपालगन्ज : नेपालगन्ज रंगशालाको ४० लाखको बरमुण्डा दुबो सुक्न थालेको छ । लकडाउनपछि दुबोमा सिँचाइ नभएपछि दुबो सुक्दै गएको हो ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का खेल तथा प्रशिक्षण निर्देशक जयन्त शर्मा लकडाउनपछि रंंगशालामा सिँचाइ नभएको स्वीकार्छन् । उनी भन्छन्, ‘लकडाउन अघि त दुई तीन दिन बिराएर रंगशालाको दुबोमा सिँचाइ हुन्थ्यो । अहिले सबै कर्मचारी होम क्वारेन्टाइनमा बसेका छन् । सिँचाइ भइरहेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *