भारतमा कोरोनाबाट ६ सय ८१ को मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट भारतमा ६ सय ८१ जनाको मृत्यु भएको छ ।
भारत सरकारको स्वास्थ्य तथा समाज कल्याण मन्त्रालयका अनुसार बिहीबार बिहान ११ः४५ बजेसम्मा २१ हजार तीन सय ९३ जना संक्रमित भएकोमा चार हजार दुई सय ५८ जना मात्र निको भएर घर फर्केका छन् ।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा दुई सय ६९ जनाको मृत्यु भएको छ । देशमा धेरै मृत्यु हुनेमा गुजरातमा १०३, मध्यप्रदेशमा ८०, दिल्लीमा ४८ र उत्तर प्रदेशमा २१ जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा कोरोना संंक्रमितको संख्या पनि एक हजार चार सय ४९ पुगेको छ ।