दाइलाई भारतमा कोरोना संक्रमण, सँगै काम गरेर घर फर्केका भाइको पीसीआरबाट कोरोना परीक्षणहुुँदै

नेपालगन्ज : भारतको बहराइचमा एक जना नेपालीमा कोरोना संक्रमण भएको छ
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका २ सुजनपुरका युवालाई कोरोना संक्रमण भएको नगर प्रमुख  घननारायण श्रेष्ठले बताए । संक्रमितसँगै काम गरेर घर फर्केका उनका भाइको आरडीटी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । नगर प्रमुख श्रेष्ठ भन्छन्, ‘स्वाब संकलन गरेर पीसीआरबाट कोरोना जाँचका लागि नेपालगन्ज पठाएका छौं ।’ बहराइचमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएपछि बाँके र बर्दियाको सीमा नाकामा कडाइ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *