भेरीमा कोरोना प्रयोगशालाको सामान सप्लाइ गर्न चार कम्पनीबाट टेण्डर दर्ता

सबै प्रक्रिया चाँडो चाँडो पूूरा गर्न सकेमा ७ दिनभित्र प्रयोगशाला सन्चालन गरिसक्छौं : मेसु डा.थापा
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललगायत भेरी अस्पतालमा निर्माणाधीन कोरोना प्रयोगशालास्थलको अवलोकन गर्दै । प्रयोगशाला स्थापनाका लागि आव्हान गरेको प्रस्ताव

मेरो खुसी संवाददाता
नेपालगन्ज : कोरोना भाइरस (कोभिड-१९) प्रयोगशालाका उपकरण सप्लाइ गर्न भेरी अस्पताल नेपालगन्जमा चार वटा कम्पनीले टेण्डर दर्ता गरेका छन् ।
शुक्रबारसम्म तीन दिनको समय सीमा राखेर प्रस्ताव आव्हान गरिएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाका अनुसार शनिबार खोलेको टेण्डरमा चार वटा कम्पनीले प्रस्ताव दर्ता गरेको पाइएको हो ।
डा. थापाले प्रस्तावबारे भने, ‘कतिपय कम्पनीले दुई महिनाको समय मागेका छन्् । हामी जतिसक्दो चाँडो उपकरण जडान गर्न सक्ने र राम्रो कम्पनीको सामान ल्याउने कम्पनीलाई जिम्मा दिने तयारी छौं ।’
प्रदेश सरकार र अस्पताल प्रशासन चाँडो उपकरण जडान गरेर सेवा दिने तयारीमा छ । ‘हामीलाई अहिले नै प्रयोगशाला चाहिएको हो । सबै प्रक्रिया चाँडो चाँडो पूूरा गर्न सकेमा सात दिनभित्र प्रयोगशाला सन्चालनको गरिसक्छौं’, मेसु थापाले प्रष्ट पारे ।
शनिबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा निर्माणाधीन कोरोना भाइरस (कोभिड १९) प्रयोगशालास्थलको अवलोकन गरेका थिए । उनले जतिसक्दो चाँडो प्रयोगशाला स्थापना गरेर सेवा दिन निर्देशन दिएका थिए । प्रदेश ५ सरकारको लगानीमा भेरी अस्पतालमा प्रयोगशाला स्थापनाका गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *