बाँकेका १२ क्वारेन्टाइनमा चार सय २५ जना (सूचीसहित)

नेपालगन्ज १६ जैसपुरको दशगजास्थित निर्माणाधीन सुख्खा बदरगाह क्षेत्रको क्वारेन्टाइन । फाइल फोटो

मेरो खुसी संवाददाता
नेपालगन्ज : बाँकेका ८ स्थानीय तहका १२ वटा क्वारेन्टाइनमा चार सय २५ जनालाई राखिएको छ । जसमा महिलाको संख्या १० मात्र रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकाले दुई ठाउँमा दुई सय एक जनालाई राखेको छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा २० जना र नेपालगन्ज १६ जैसपुरको दशगजास्थित निर्माणाधीन सुख्खा बदरगाह क्षेत्रमा एक सय ८१ जनालाई राखिएको छ । त्यसपछि नरैनापुर गाउँपालिकामा एक सय ३४ जना रहेका छन् । नरैनापुरले भगवानपुरस्थित जय किसन माविमा क्वारेन्टाइन राखेको छ । राप्ती सोनारी गाउँपालिकामा २४, जानकीमा २०, खजुरामा १५, डुडुवामा ११, बैजनाथमा ७ र कोहलपुरमा ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जनस्वास्थ्य अधिकृत श्रेष्ठ क्वारेन्टाइनमा रहेका सबै जनाकोे -यापिड डाइग्नोसिस टेस्ट गरिने बताउँछन् । उनले मेरो खुसी डटकमसँग भने, ‘बुटवलबाट टोली आएर गर्ने भनिएको छ । कहिले हुन्छ । निश्चित छैन ।’