बाँकेमा राहतको सट्टा दैनिक रोजगारी दिने व्यवस्था

नेपालगन्ज : बाँकेका दुई स्थानीय तहले राहात वितरणको सट्टा दैनिक ज्याला मजदुरी गरी खानेहरुलाई रोजगारी दिने व्यवस्था गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र राप्ती सोनारी गाउँपालिकाले दुई चरणका राहात वितरण गरिसकेपछि यस्तो व्यवस्था गर्न लागेका हुन् ।
नेपालगञ्जले अबदेखि श्रमिक, मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहतको सट्टा नगरका २३ वटै वडामार्फत विपन्न समुदायका लागि काम दिन लागिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । वडाका योजनाहरु उपभोक्ता समितिमार्फत सञ्चालन गरि स्थानीय बासिन्दालाई रोजगार दिने उनले प्र्रष्ट पारिन् । उनले भनिन्, ‘एउटा घरबाट कम्तिमा एकजनालाई रोजगार दिने नीति लिइएको छ । राहातको सट्टा रोजगार दिँदा वास्तविक श्रमिक र मजदुरहरु काममा आउनेछन् ।’
त्यसैगरी राप्ती सोनारी गाउँपालिकाले पनि यस्तै व्यवस्था गरेका अध्यक्ष लाहुराम थारुले बताए । उनको भनाइ छ, ‘एकै जना व्यक्तिलाई तीन चार पटकसम्म राहात दिनुपर्ने अवस्था छ । यसरी सम्भव हुँदैन । सामाजिक दुरी कायम गर्दै विकास निर्माणका काम सुरु गर्ने र उनीहरुलाई रोजगार दिनेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *