गुलरिया १० का विपन्नले बल्ल पाए राहत

मुरली गोडियागुलरिया
बर्दियाको गुलरिया नगरपालिका १० का विपन्न परिवारले राहत पाएका छन् ।
चैत्र ११ गते देखि जारी भएको लकडाउनको ५३ औं दिनमा त्यस क्षेत्रका दैनिक ज्यालादारी गर्ने दलित तथा विपन्न परिवारले राहत प्राप्त गरेका हुन् । गुलरिया नगरपालिका ६ स्थित उत्सव टोबाको इन्डष्ट्रीले नगरप्रमुख मुक्तिनाथ यादव र वडा अध्यक्ष वीरेन्द्र चौधरीको रोहवरमा २५ घरधुरीलाई राहत वितरण गरेको हो । स्थानीय तहसँगको समन्वयमा राहत वितरण गर्दा सहज भएको वडाध्यक्ष वीरेन्द्र चौधरीले बताए ।
लकडाउनका समयमा विपन्न परिवारका सदस्यमा खाद्यान्न नभएकै कारण विभिन्न समाजिक समस्याहरु आउन सक्ने भएकोले इन्डष्ट्रिले अति विपन्न दलित बस्तिका परिवारलाई २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ किलो तेल र साबुन १ वटा लगायतका समाग्री वितरण गरेको उत्सव टोबाको इन्डष्ट्रीका प्रमुख उत्सव श्रेष्ठले बताए ।
सरकारले विपन्न नागरिकलाई राहत वितरण गरेको भन्दै आए पनि उनीहरुले भने नपाएको गुनासो गर्दै आएका थिए । दैनिक ज्यालादरी गरि परिवार पाल्नेहरुले गाउँमै राहात पाउँदा खुसी भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *