प्रदेश ५ को दाङमा पनि ३ जनामा कोरोना

नेपालगन्ज : प्रदेश ५ को दाङ जिल्लामा पनि तीन जनामा कोरोना देखिएको छ । यसअघि बाँके, रुपन्देही र कपिलवस्तु जिल्लामा कोरोनाका संक्रमितहरु पुष्टि भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शुक्रबार साँझ प्रकाशित विज्ञप्तीमा दाङको गढवा गाउँपालिका ४ र ५ नंं. वडाका २३ र ३६ वर्षका पुरुषहरु र तुलसीपुर उपमहानगरपालिका ७ का ३४ वर्षका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । उनीहरुको थ्रोट स्वाबको परीक्षण नेपालगन्जको भेरी अस्पतालको कोरोना प्रयोगशालामा गरिएको हो । त्यसैगरी शुक्रबार साँझ वीरगन्जका चार, उदयपुरमा एक र काठमाडौंमा एक जनामा कोरोना संक्रमण भएको जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ६८ पुगेको छ ।