कोरोनाबाट एक सयभन्दा बढी मृत्यु हुने भारतमा ८ प्रदेश (सूचीसहित)

नेपालगन्ज : भारतका ३२ राज्यमध्ये १२ राज्यबाहेक सबैमा कारोनाबाट मृत्यु भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको बुधबार बिहान ८ः३० बजेसम्मको रेकर्ड अनुसार देशमा चार हजार एक सय ६७ जनाको मृत्यु भएको छ । जसमध्ये सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा एक हजार ६ सय ९५ जनाको मृत्यु भएको छ भने सबैभन्दा कम मेघालयमा एक जनाको मात्र मृत्यु भएको छ । एक सयभन्दा बढी मृत्यु हुने ८ प्रदेश छन् ।