करविरुद्ध उद्योगी व्यवसायीको आन्दोलन (फोटो फिचर)

नेपालगन्ज : करविरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघले आन्दोलन शुरु गरेको छ ।
लकडाउन खोलेको कम्तीमा तीन महिनापछि कर तिर्ने व्यवस्था गर्नुपर्ने र लकडाउनबाट मारमा परेको निजी क्षेत्रका लागि राहात प्याकेज घोषणा गर्र्न माग गर्दै नेपालगन्जका उद्योगी व्यवसायीले बिहीबार बिहान नौं बजेदेखि १० बजेसम्म आफ्नो घर, प्रतिष्ठानमा राहत प्याकेज र कर तिर्ने समय थप गर्नुपर्ने माग गरिएका प्लेकार्ड बोकेर सरकारको ध्यानार्कषण गराएका थिए । संघका पदाधिकारीहरु भने त्रिभुवनचोकस्थित संघको कार्यालय अगाडि उभिएर विरोध प्र्रदर्शन गरेका थिए ।