कोरोनाबाट चितवनमा एकको निधन

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट चितवनमा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार अपरान्ह आयोजना गरेको भिडियो पत्रकार सम्मेलनमा भरतपुर महानगरपालिका ११ का पुरुषको मृत्यु कोरोनाबाट भएको पुष्टि गरेका हुन् । मृतकमा ज्वरो, निमोनिया, सुगर र प्रेसरको स्वास्थ्य समस्या रहेको थियो । उनको सोमबार भरतपुर अस्पतालमा कोरोना पोजेटिभ आएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अब १५ पुगेको मन्त्रालयले जनाएको छ । मंगलबार एकैदिन तीन सय २३ पुष्टि भएको थियो । देशभर कोरोना संक्रमितको संख्या भने चार हजार ८५ पुगेको छ ।