बाँकेमा सुरु भयो, थर्ड लेभलको कोरोना अस्पताल, संक्रमित गर्भवती महिलाको आन्द्राको सफल शल्यक्रिया

कोहलपुर : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले थर्ड लेभलको कोरोना अस्पतालको काम सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थर्ड लेभलकोे कोरोना अस्पताल तोकेर दिएको जिम्मेवारी मंगलबार
अछाम जिल्लाको चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया कोरोना संक्रमित १८ हप्ताकी गर्भवती महिलाको ठूलो आन्द्राको शल्यक्रिया गरेर थर्ड लेभलको कोरोना अस्पतालको काम सुरु गरेको हो ।
शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले कोरोना संक्रमित भए पनि जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरुको उपचारका लागि नेपाल सरकारले दिएको थर्ड लेभलको कोरोना अस्पतालको जिम्मेवारी मंगलबारबाट सफलतापूर्वक सुरु गरेको बताए ।
मेडिकल कलेजका प्राचार्य डा. मोेदनाथ मरहठ्ठा, उपप्राचार्य डा. अनुप शर्मा, चिकित्सकहरु डा. प्रदीप थापा, डा. आशिष भट्ट, डा. शिरीष आर्चायलगायतको टोलीले ती महिलाको सफल शल्यक्रिया गरेको थियो । सुरुमा अछामकै बयलपाटा अस्पतालमा उपचार गराउन गएकी उनलाई सो अस्पतालले रिफर गरेपछि हेलिकोप्टरबाट कोहलपुरमा उपचार गर्न सोमबार अस्पतालको इमरजेन्सीमा आएकी थिइन् । भारतको मुम्बईबाट आएकी ती महिला स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।