१ लाखको अबैध सुर्तीसहित दुई पक्राउ

टीकापुर : कैलालीको शसस्त्र प्रहरी बलले अवैध सुर्तीसहित दुई जनालाई पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी खक्रौला बेश क्याम्पका इन्चार्ज चन्द्रदेव भट्टले खक्रौला नाकामा भारतबाट लुकाइछिपाइ करिब एक लाख रुपैयाँ बराबरको सुर्ती ल्याउँदै गरेको अवस्थामा सोमबार राति टीकापुर नगरपालिका ९ का दिनेश डगौरा थारु र लालबहादुर दहितलाई पक्राउ गरेको हो । शसस्त्र प्रहरीले दुवै जनालाई कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलालाई बुझाइएको छ । भन्सार कार्यालयका निमित प्रमुख धर्म विकले दुवै जनालाई जनही एक लाख रुपैयाँ जरिवाना गरी धरौटीमा छोडिएको बताए ।