बाँकेमा कोरोना जितेर घर फर्कने ४८%

राष्ट्रिय मापदण्ड अनुसार बाँकेमा पनि आइसोलेसनमा बसेको १४ दिन पूरा भएपछि कोरोना परीक्षण बिना नै र कोरोना रिपोर्ट नेगेटिभ नआउँदै पनि डिस्चार्ज गरिएको छ
फाइल फोटो

नेपालगन्ज : बाँके जिल्लामा कूल कोरोना संक्रमितमध्ये झन्डै आधा घर फर्केका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बुधबार मात्र नरैनापुर र राप्ती सोनारीका ३८ जनासहित जिल्लाका कूल संक्रमित दुई सय ८२ मध्ये एक सय ३५ जना निको भएर घर फर्किसकेका छन् । कूल संक्रमितमध्ये घर फर्कने ४७.८६ प्रतिशत हो । नरैनापुरका कूल संक्रमितमध्ये ७५ प्रतिशतभन्दा बढी घर फर्केका छन् । राष्ट्रिय मापदण्ड अनुसार बाँकेमा पनि पछिल्लो समय आइसोलेसनमा बसेको १४ दिन पूरा भएपछि कोरोना परीक्षण बिना नै र कोरोना रिपोर्ट नेगेटिभ नआउँदै डिस्चार्ज भइरहेको छ ।