एसईईका विद्यार्थी यसरी उत्तीर्ण हुनेछन्

नेपालगन्ज : सरकारले बुधबार यो वर्षको एसईई स्थगित गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार राति अबेर सकिएको बैठकले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले लगेको ठाडो प्रस्ताव माथि छलफलपछि एसईई परीक्षा नगर्ने निर्णय गरेको हो । विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्नेछ ।
कोरोनाको जोखिम न्यूनिकरण गर्न यस वर्षको एसईई परीक्षा स्थगित गर्न मन्त्रीपरिषद्ले सैद्धान्तिक निर्णय गरेको छ । यो निर्णय कार्यान्वयनको लागि शिक्षा मन्त्रालयले कानुन बनाउने तयारी गरेको छ । त्यसका लागि मन्त्रालयले छुट्टै कार्यविधि निर्माण गर्नेछ । शिक्षा मन्त्री पोखरेलले एसईई परीक्षा स्थगित गर्ने मन्त्रीपरिषद्को निर्णय यस बर्षका लागि मात्रै भएको र आगामी वर्ष के गर्ने भन्ने सवाल संघीय शिक्षा ऐनबाट सम्बोधन गर्ने तयारी भइरहेको बताएका छन् ।