प्रदेश २ मा ३६% संक्रमित (प्रदेश सूची)

नेपालगन्ज : नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित साढे चार हजार बढी पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बिहीबार अपरान्ह नियमित भिडियो पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशका ७२ जिल्लामा चार हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । जसमा महिलाको संख्या तीन सय २९ छ ।
उनले दिएको तथ्याङ्कमा प्रदेश २ र प्रदेश ५ मा सर्वाधिक संक्रमित छन् । प्रदेश २ मा एक हजार ६ सय ७१ अर्थात ३६.१५ प्रतिशत संक्रमित छन् । प्रदेश ५ मा देशका कूल संक्रमितको एक तिहाइ छ । यो प्रदेशमा एक हजार तीन सय ९९ अर्थात ३०.२६ प्रतिशत संक्रमित छन् । सबैभन्दा कम संक्रमित बागमति र गण्डकीमा बराबर एक सय ४७ जना छन् ।

बिहीबार मात्र देशभर दुई सय ५० जना नयाँ संक्रमित पुष्टि भएका थिए । जसमा महिला २० जना थिए । नेपालमा कोरोनाबाट १५ जनाले ज्यान गुमाएका छन् भने निको भएर घर जाने आठ सय ६१ जना छन् ।