नेकपाले खजुरामा बृहद रक्तदान कार्यक्रम गर्दै

खजुरा (बाँके) : लकडाउनका बेला भएको रगत अभाव पूर्ति गर्न नेकपा खजुरा गाउँपालिका कमिटीले बृहद रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
कमिटीका प्रवक्ता धनराम ओलीका अनुसार ‘सुरक्षित रगतले जीवन बचाउछँ, रक्तदान गरौ र स्वस्थ संसार बनाऔ’, भन्ने मूल नाराका साथ आगामी ३१ जेठ शनिबार बिहान १० बजे खजुराको ज्ञानोदय बहुमुखी क्याम्पसमा बृहद रक्तदान कार्यक्रम हुन लागेको हो । रक्तदान कार्यक्रम सफल पार्न बिहीबार नेकपा खजुरा गाउँपालिका कमिटी अध्यक्ष राजकुमार बिकको अध्यक्षतामा पार्टीका संघीय निर्वाचन क्षेत्र नंं. ३ का सह-इन्चार्ज डम्बर बिक तुफान, संघीय निर्वाचन क्षेत्र नं. ३ प्रदेश ‘ख’ इन्चार्ज वेदनिधि प्याकुरेल, गाउँपालिका कमिटी इन्चार्ज भीम ओली, वडा इन्चार्जसहितको बैठक बसेको थियो । नेकपाले रक्तदान कार्यक्रममा सहभागी हुन खजुरा गाउँपालिकावासीसँग अपिल गरेको छ ।