संविधान संशोधनको पक्षमा दुई तिहाइ मत, नयाँ नक्सा संविधानमा संस्थागत

काठमाडौं : प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयक दुई तिहाइभन्दा बढी मतका साथ सर्वसम्मत पारित भएको छ ।
नेपालको संविधान दोस्रो संशोधन विधेयकको पक्षमा २५८ मत परेको छ । यो प्रतिनिधिसभाको कुल संख्या २७५ को दुई तिहाइ भन्दा बढी मत हो । संविधान संशोधनको विपक्षमा शून्य मत परेको छ ।
सभामुख अग्नीप्रसाद सापकोटाले संविधान संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि प्रतिनिधिसभाबाट सर्वसम्मतपारित भएको घोषणा गरेका हुन् ।
निशान छापभित्र समेटिएको नेपालको नक्सा परिवर्तन गर्न भएको निशान छापमा अंकित नेपालको नक्सालाई नेपालको सीमा अनुकुल परिवर्तन गर्नका निम्ति संविधान संशोधन हुन लागेको हो । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा संविधानमा संस्थागत भएको छ।