दैलेखी समाजले ग-यो दशैंको शुभकामना कार्यक्रम

नेपालगन्ज : दैलेखी समाज बाँकेले दशैंलगायतका चाडपवको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । समाजले मंगलबार नेपालगन्जमा दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडपर्वको अवसरमा कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष पूर्णदेव गिरीको अध्यक्षता तथा पूर्वअध्यक्ष दीपक शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीबीच शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा समाज अध्यक्ष तथा पदाधिकारी र कार्य समिति सदस्य, पूूर्वसल्लाहकार, पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, संस्थापक सदस्य र आजीवन सदस्यको उपस्थिति रहेको थियो ।

सोही अवसरमा समाजले उपाध्यक्ष पूर्णिमा थापा कटुवाललाई बधाइ अर्पण गरेको थियो । उपाध्यक्ष कटुवाल नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका समितिको उपसभापतिमा अत्याधिक मतले निर्वाचित र एकीकृत समाज सञ्जाल बाँकेको सदस्यमा चयन हुनु भएको छ । संस्थाका अध्यक्ष पूर्णदेव गिरी र पूर्वअध्यक्ष दीपक शाहीले कटुवाललाई फूलमाला र टीका लगाएर बधाइ दिनु भएको थियो ।

अध्यक्ष गिरीले संंस्थाका आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।