नेकपा खजुराको आयोजनामा १५२ जनाद्वारा रक्तदान (फोटो फिचर)

फोटो सौजन्य : धनराम ओली

खजुरा (बाँके) : नेकपा खजुरा गाउँपालिका कमिटीले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा डेढ सय बढीले रक्तदान गरेका छन् ।
नेकपाका नेता, कार्यकर्ता, लायन्स एण्ड लियो क्लब अफ नेपालगन्ज ,खजुराका सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीसहित एक सय ५२ जनाले रक्तदान गरेको नेकपा खजुरा गाउँपालिका कमिटीका प्रवक्ता धनराम ओलीले जानकारी दिए । रक्तदान कार्यक्रमको शुभारम्भ नेकपा ,बाँकेका सचिव अशोक कोइरालाले गरेका थिए ।