कोरोनाबाट दैलेखमा अर्को व्यक्तिको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम मंगलबार अपरान्ह पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पुरुषको सोमबार साँझ प्रादेशिक अस्पताल सुर्खेतमा उनको मृत्यु भएको हो। उनी क्षयरोग र दमका रोगी थिए। उनलाई असार ३ गते दैलेखबाट थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो। असार ३ गते कोरोना परीक्षणका लागि लिइएको उनको स्वाबको रिपोर्ट असार ४ गते पोजिटिभ आएको थियो। उनको निधन भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । १७ जेठमा दुल्लु नगरपालिका–७ को क्वारेन्टाइनमा रहेका दुल्लु-११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *