टीकापुर र भजनीका ५५ परिवारलाई राहात वितरण

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर र भजनी नगरपालिकामा राहात वितरण गरिएको छ ।
दिगो विकास समाज भजनीले दुबै नगरपालिकामा नेपाल सरकारको नियम अनुसार प्रति परिवार तीन हजार एक सय रुपैयाँ बरावरको खाद्य सामाग्री वितरण गरिएको हो । राहात वितरण गर्दा भौतिक दुरी कायम गरिएको थियो । टीकापुरको वडा नम्बर ६, ७ र ८ तथा भजनी नगरपािलकाको वडा नम्बर ३, ५ र ७ का वासिन्दालाई खाद्य सामाग्री वितरण गरिएको संस्थाका परियोजना संयोजक करन बानियाँले जानकारी दिए ।
कोरोना भाइरस का कारण लकडाउन भइ अप्ठ्यारोमा गरेका, गरीब, अपांग, एकल महिला, दलित, जनजातिलगायतका विपन्न वर्गलाई गरी ५५ परिवारलाई वल्ड भिजन इन्टरनेशलन नेपालसँगको साझेदारीमा दिगो विकास समाजले सहयोग गरेको हो । प्रत्येक परिवारका लागि ३० किलो चामल, तीन किलो दाल, दुई किलो चिनी, दुई लिटर तेल र चार चक्की साबुन उपलब्ध गराइएको छ । दिगो विकास समाजले वल्र्ड भिजनको आर्थिक सहयोगमा कृषि तथा आर्थिक विकास परियोजना सन्चालन गर्दै आइरहेको छ । परियोजना सन्चालन गर्न समस्या भएकोले खाद्यान्न सहयोग गरेको बानियाँले बताए ।