रसुवामा ९ संक्रमित भेटिएसँगै नेपालका ७७ जिल्लामै कोरोना संक्रमण

नेपालगन्ज : नेपालका सबै जिल्लामा कोरोना विस्तार भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले रसुवा जिल्लामा ८ जना पुरुष र एक महिला गरी ९ जनामा कोरोना पुष्टि भएको बताए । अब नेपालका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । शनिबार पाँच सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । देशभर कोरोना संक्रमितको संख्या १२ हजार तीन सय नौ जना पुगेका छन् । शनिबार एक सय ३६ जना डिस्चार्ज भएका थिए । देशभरी आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या दुई हजार आठ सय ३४ जना पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भने २८ पुगेको छ ।