बाँकेमा थप ६ जनाले कोरोना जिते

संक्रमित कोरोना जितेर घर फर्कँदै । फोटो : नरेश श्रेष्ठको फेसबुकबाट

नेपालगन्ज : बाँकेमा बुधबार थप ६ जनाले कोरोना जितेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार खजुराका ५ जना र नेपालगन्जका एक जना आदर्शनगरस्थित आइसोलेसनबाट बिहान ७ बजे डिस्चार्ज भएका हुन् । बाँकेका कूल ४०५ संक्रमित रहेकोमा आइसोलेसनमा २६ जना मात्र उपचार गराइरहेका छन् । तीन सय ७९ जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *