बर्दियामा थप ३ जनामा कोराना संक्रमण

गुलरिया : बर्दियामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा बुधबार गरिएको परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालले बुधबार अपरान्ह ४ बजे सार्वजनिक गरेको विवरण अनुसार गुलरिया नगरपालिका वडा नम्वर ५ र ४ का १/१ जना पुरुष र बढैयाताल ७ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा गत २४ घन्टामा पत्ता लागेका नयाँ संक्रमित १३ जना मध्य १० बाँकेका र ३ जना बर्दियाका रहेका छन् ।