१०६ बोरा युरिया मलसहित २ भारतीय पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर

कैलालीको सशस्त्र प्रहरीले बेश क्याम्प खक्रौलाले दुई वटा छुट्टाछुट्टै स्थानबाट एक सय बोरा रसायनिक मल युरियासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

क्याम्पका शसस्त्र प्रहरी निरीक्षक पदमराज भट्टले दिएको जानकारी अनुसार टीकापुर नगरपालिका ७ कालाकुण्डाबाट किसानले ल्याएको रसायनिक मल युरिया ४६ बोरी बुधबार बिहान ११ बजे र टीकापुर नगरपालिका९ खक्रौलाबाट ६० बोरा युरिया मलसहित डुङ्गासमेत मंगलबार राति १० बजे मल र व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएको मल र डुङ्गा कारबाहीका लाग सत्ती भन्सार कार्यालय खक्रौला बुझाएको छ । भन्सार कार्यालय प्रमुख रामराज चौरसियाले एक लाख २८ हजार मूल्य बराबर मल र डुङ्गा लिलाम हुने बताए ।

शसस्त्र प्रहरीले दुई जान भारतीय नागरिकलाई समेत पक्राउ गरेको र उनीहरुलाई राति नै भारतीय प्रहरी एसएसबीको जिम्मा लगाएको एक श्रोतले जनाएको छ । केहि दिन अघि टीकापुर नगरपालिकाको पहलमा स्थानीय सरोकारवालाहरु, प्रहरी , प्रशासनका प्रमुखसहितको सर्वपक्षीय बैठकले नेपालमा रसायनिक मल युरियाको अभाव भएकोले आपूर्ति गर्न किसानलाई भारतबाट युरिया मल ल्याउन दिने सहमति भएकोले सो मल किसानलाई फिर्ता दिनु पर्ने टिकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले जिकिर गरेका छन् ।