शनिबार थपिए ११ संक्रमित

नेपालगन्ज : बाँके र बर्दियामा शनिबार ११ संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको कारोना प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा बाँकेका १० र बर्दियाका १ गरी ११ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५० जनाको नमूना परिक्षण भएकोमा कोहलपुरका पाँच, नेपालगन्जका तीन र जानकी गाउँपालिकाका एकजना गरी १० जना र बर्दियाको मधुवन नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य कोहलपुर नगरपालिका वडा नम्वर ११ का चारजना र १२ का एकजना रहेका छन् । त्यस्तै नेपालगन्ज वडा नं.१, २ र १० का एक÷एक जनामा संक्रमण देखिएको छ भने जानकी गाउँपालिका वडा नम्वर ३ का २ जनामा संक्रमण पुष्टि भएको हो ।