सज्जा बनिन् ‘नेपाल आइडल–३’ को विजेता, प्रविन फस्ट रनर अप

नेपालगन्ज :  रियालिलिटी सो नेपाल आइडल–३ को सज्जा चौलागाई विजेता भएकी छन् ।
एपी वान एचडी टेलिभिजनबाट प्रसारण हुने यो रियालिटी सो को कोरोनाका कारण स्टुडियोमा शुक्रबार राति आयोजना भएको ग्रान्ड फिनालेमा दर्शकले गरेको सर्वाधिक भोटको आधारमा सज्जा विजेता भएकी हुन् । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सज्जालाई विजेता घोषणा गरे । बर्दियाका प्रविन वेडुवाल फस्ट रनर अप र किरणकुमार भुजेल सेकेन्ड रनर अफ बनेका छन् ।

विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ, फस्ट रनर अपले १० लाख र सेकेन्ड रनर अपले पाँच लाख नगद पुरस्कार प्राप्त गरेका छन् । नेपाल आइडल पहिलो सिजनमा बुद्ध लामा र दोस्रो सिजनमा रवि ओडले यो उपाधि चुमिसकेका छन् । कार्यक्रमको निर्णायकमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा थिए ।