नेपालगन्ज उपमहानगरका जिन्सी सहायक घलेको कोरोनाबाट निधन भएपछि कार्यालय ४ दिन बन्द

युवराज विक्रम घले

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय ४ दिन बन्द भएको छ ।
उपप्रमुख उमा थापा मगरका अनुसार जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि सोमबार एकदिन शोक मनाउन र मंगलबारदेखि तीन दिनसम्म कार्यालय शिल गर्ने निर्णय भएको छ । उपमहानगरपालिका कार्यालय अब आइतबारदेखि मात्र सुचारु हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउँदै शोक सन्तप्त परिवारमा सहानुभुति प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *