कोरोनाबाट बाँकेमा सातौं व्यक्तिको मृत्यु, नेपालगन्जमा मात्र मृत्यु हुनेको संख्या ४ पुग्यो

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट बाँकेमा ७औं व्यक्तिको ज्यान गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका ९ का ५९ वर्षका पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा उनको आइतबार राति ८ः३० बजेतिर निधन भएको हो । उनी ५ वर्षदेखि मधुमेह र मुटु रोगबाट पीडित थिए । १२ भदौमा स्वाब संकलन गरिएका उनको १५ भदौमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि नेपालगन्जको न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बसिरहेका थिए । उनलाई १८ भदौमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्थानान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *