सोमबार बाँकेमा ६ र बर्दियामा ७ जनामा कोरोना

नेपालगन्ज: बाँके र बर्दियामा सोमबार १३ जना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा सोमवार बाँकेका ६ र बर्दियाका ७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा ३ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै बाँकेमा जम्मा पोजेटिघको संख्या १ हजार २ सय ५७ पुगेको छ भने ८ सय ३१ जना कोरोना निको भएर घर फर्किएका छन । हालसम्म बाँकेमा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ भने जिल्लाका विभिन्न आईशोलेसनमा ४ सय २० जनाको उपचार भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै बर्दियामा सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा सोमवार जिल्लाका मधुवनका ६ जना र ठाकुरवावाका एक गरी ७ जनामाम कोरोना संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पताल नेपालगन्जका अनुसार सोमबार संक्रमण पुष्टि भएकाहरुमा मधुवन नगरपालिका वडा नम्वर एक र दुईका दुई÷दुईजना र वडा नम्वर ४ का एकजना गरी ६ जना रहेका छन भने ठाकुरवावा नगरपालिका १ का एकजनामा संक्रमण पुष्टि भएको हो ।