राजापुर क्षेत्रमा काठ तस्करी बढेपछि सशस्त्र प्रहरीको निगरानी

१३३.७६ क्यू फिट सिसौं र खयरको गोलिया बरामद

राजापुर : बर्दियाको राजापुर क्षेत्रमा काठ तस्करी बढेको छ ।

कर्णाली नदीमा पानीको सतह बढेसंगै नदी तटिय क्षेत्र अन्तगर्तका विभिन्न सामुदायिक बनबाट काठ तस्करी बढेको हो । तस्करहरुले नदीमा बगेको काठ संकलन गर्ने बहानामा सामुदायिक बनवाट सिंगो रुख कटानी गरी तस्करी गर्न थालेपछि सशस्त्र प्रहरी वल बोर्डर आउट पोष्ट (बिओपी) राजापुरले सकृयता बढाएको छ । सशस्त्रको सकृयता बढेसंगै राजापुर क्षेत्रवाट तस्करी गरी लुकाएर राखेका काठको गोलिया बरामद हुन थालेको छ । बुधबार राती र बिहिबार विहान गरी सशस्त्र प्रहरीको टोलिले राजापुर–१ स्थित दौलतपुर घाट र मुर्गहवावाट खोला किनारको बालुवा र झाडीमा लुकाइराखेको अवस्थामा सिसौं र खयरका गोलिया बरामद गरेको हो


ससत्र प्रहरी बल बिओपि राजापुरका प्रहरी निरिक्षक खेमराज बोगटिका अनुसार दौलतपुर र मुर्गहवावाट बालुवा र झाडीमा लुकाइराखेको अवस्थामा १३३.७६ क्यू फिट सिसौं र खयरको गोलिया बरामद गरेको हो । बरामद गरेको गोलिया इलाका बन कार्यलय राजापुरलाई बुझाइएको निरिक्षक बोगटीले बताए ।


सशस्त्रले बरामद गरी सिसौं र खयरका गोलिया बुझाएको बताउँदै ईलाका बन कार्यालय राजापुरका प्रमुख धु्रब चौधरीले उक्त काठको मुल्य ९७ हजार ६ सय ६ रुपैया बरावरको रहेको जानकारी दिए ।