मालपोतका ८ कर्मचारीसहित बाँकेमा ४० जनामा कोरोना

नेपालगन्ज : मालपोत कार्यालयका ८ जना कर्मचारी सहित बाँकेमा ४० जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा ३५ र बागेश्वरी ल्याबमा भएको परिक्षणमा ५ गरी शनिबार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार १२ महिला र २८ पुरुष गरी ४० जनामा संक्रमण भएसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ४ सय ४ पुगेको छ । जसमध्य ९ सय ८५ जना कोरोना जितेर घर फर्किएका छन । कोरोनाका कारण बाँकेमा हालसम्म ८ जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जको परिक्षणमा बर्दियाको ठाकुरबाबा नगरपालिकाका २ जनामा समेत संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *