रक्षकद्वारा सेक्युरिटीसँगै आगलागी नियन्त्रण सामग्रीको कारोबार सुरु

नेपालगन्ज : रक्षक ग्रुप अफ कम्पनीजले सेक्युरिटीसँगै आगलागी नियन्त्रण सामग्रीको कारोबार पनि सुरु गरेको छ ।
कम्पनीजका कार्यकारी अध्यक्ष जयनारायण शाहका अनुसार घर तथा औद्योगिक प्रतिष्ठानमा हुने आगलागी नियन्त्रणका लागि प्रयोग हुने पाउडर, फोम, कार्वनडाईअक्साइड ग्याँस, फायर वल, फायर ब्ल्यांकेट, फायर मोडुलर, फायर प्रुफ पोसाक, हेलमेट आदि सामाग्रीहरुको बिक्री सुरु गरिएको हो । यी सामाग्रीको होमडेलिभरी र फिटिङ्ग सेवा दिने रक्षकमा तालिम प्राप्त र अनुभवी टिम रहेको छ । काठमाडौंको वालुवाटारमा कर्पोरेट अफिस र नेपालगन्जको बुलबुलियास्थित प्रादेशिक कार्यालयबाट घटस्थापनाकै दिनदेखि अग्नी नियन्त्रणका सामग्री बिक्री सुरु भएको कम्पनीले जनाएको छ । ‘नेपालगन्ज जस्तो प्रचण्ड गर्मी हुने क्षेत्रमा यो सेवाबाट धेरै जना लाभान्वित हुनेछन्’ ‘शाहले भने, ‘उद्योगधन्दा र व्यवसायिक क्षेत्रले मात्र होइन प्रत्येक घरमा, प्रत्येक भान्सामा यस्ता उपकरण आवश्यक छ ।’यस अघि नगरका केही स्थानमा आगलागी नियन्त्रणमा रक्षकका सुरक्षाकर्मी तैनाथ गरिएका थिए । अब आफ्नै अग्नी नियन्त्रण सम्बन्धी सामग्रीसहित रक्षकले सेवा दिने प्रतिबद्धता जनाएको छ ।