बाँकेका ६६ जना संक्रमित एकैदिन डिस्चार्ज

नेपालगन्ज : बाँकेमा मंगलबार विभिन्न आइसोलेसनबाट एकैदिन ६६ जना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ४१ पुरुष र २५ महिला डिस्चार्ज भएका हुन् । योसँगै डिस्चार्ज हुने संक्रमितको संख्या २ हजार एक सय ७५ पुगेको छ । जिल्लामा कूल कोरोना संक्रमित २ हजार ७ सय २९ रहेकोमा आइसोलेसनमा ५ सय २९ जना उपचारमा रहेका छन् । जिल्लामा अहिलेसम्म २९ जनाको कोरोनाबाट ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *