भेरी अस्पतालको परीक्षणमा ५० पुरुष र २२ महिलासहित ७२ लाई कोरोना पुष्टि

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा मंगलबार बेलुका थप ७२ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमितम्रध्ये ५० पुरुष र २२ महिला रहेको अस्पतालले जनाएको छ । कम्तीमा ६ वर्षीया बालिकादेखि बढीमा ७९ वर्षका वृद्धबृद्धालाई कोरोना भएको छ । संक्रमितमध्ये २७ जनाको ठेगाना नेपालगन्ज उपमहानगरपालिका र १३ जनाको बैजनाथ गाउँपालिका रहेको अस्पतालको रिपोर्टमा उल्लेख छ । बाँके, बर्दिया, सुर्खेत, दैलेख, जुम्ला, हुम्ला, दाङलगायतका जिल्लाका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *