बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाँङ्गलाई कोरोना

नेपालगन्ज: बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफुलाई संक्रमण पुष्टि भएको भन्दै सामाजिक संजाल फेसबुक मार्फत आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन ।
कुरुम्वाँङ्ग कोरोना संक्रमण नियन्त्रणका लागि कोभिड ब्यवस्थापन सम्वन्धी कार्यमा सकृयताका साथ अग्रपंक्तीमा काम गर्दे आएका थिए । पछिल्लो समय जिल्लाका अग्रपंक्तीमा कार्यरत धेरैजनामा कोरोना संक्रमण भएको पाईएको छ ।