नेपालगन्जमा ‘मोहम्मद डे’को उल्लास

 

नेपालगन्ज : ‘मोहम्मद डे’ को बाँकेमा निकै उल्लास छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सवको अवसरमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । बाँकेको नरैनापुर गाउँपालिकाले मोहम्मद डेको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको छ ।