बाँकेमा कोरोनाबाट मृत्यु हुने ३२ पुगे

नेपालगन्ज : बाँकेमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आइतबार साँझ ५ः३० बजे खजुरा गाउँपालिका–३ बीगाउँका ४० वर्षका पुरुषको पनि मृत्यु भएको थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई स्वासप्रश्वास सम्बन्धी पनि समस्या थियो ।