भूमिहीन भन्छन्, ‘सरकारले बेवास्ता ग-यो’ 

मुरली गोडिया । गुलरिया
भूमिहीन, सुकुम्बासी र मुक्त कमैयाहरुको आफ्ना समस्या समाधान गर्न सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् ।
भूमि अधिकार मञ्च बर्दियाले मंगलबार गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बढैयाताल गाँउपालिका ९ का पल्टुराम थारुले दलले भूमिहीनहरुको समास्यालाई राजनीतिक एजेण्डा बनाएर राजनीति मात्रै गरेको आरोप पनि लगाए ।
कोरोनाको त्रासमा सरकारले विभिन्न कार्यहरु सुचारु गरे पनि भूमिहीनको मुद्दामा चासो नदिएको भन्दै गुलरिया नगरपालिका ९ का लक्षमण विकले सरकाले भूमिहीनहरुको घरगोठ भत्काउने तर समस्या समाधान गर्न नलागेको प्रति गुनासो पोखे ।
पत्रकार सम्मेलनमा बोल्ने अधिकांश भूमिहीन नागरिकले वर्षौदेखि जोतभोग गर्दै आएको जमिनको जग्गा लालपूर्जा, वा बसोवास गरेको कुनै प्रमाणपत्र नपाएको बताएका छन् । बढैयाताल दुलारा लोनियाले अधिकार प्राप्तीका लागि गोली खानसमेत तयार रहेको बताइन् ।
देशमा १५ पटकसम्म भूमि आयोग बने पनि समास्या उस्तै रहेको भूमिअधिकार मञ्च बर्दियाका अध्यक्ष केशबहादुर बिक बताउँछन् । जुन सरकार आए पनि समास्या समाधान गर्न नसकेकाले भन्दै उनी सधैं शान्तिपूर्ण रुपमा चरणबद्ध कार्यक्रम गर्नु परेको प्रष्ट पार्छन् ।
मञ्चले भूमि समस्या समाधान गर्न तत्काल जिल्ला स्तरीय भूमि समास्या सम्बन्धि आयोगको समिति गठन गर्नुपर्ने, सुकुम्बासी, भूमिहीनहरुले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा पाउनुपर्ने, वितरण गर्नुपर्ने सरकारसँग माग गरेको छ । आफ्ना माग पूरा गराउन मञ्चले पालिका स्तरीय अगुवा कार्यकर्ता भेला गर्ने, नेकपाको जिल्लास्थित कार्यलयमा डेलिगेशन जाने, जिल्ला स्तरिय खबरदारी कार्यक्रम गर्ने, धर्ना दिने कार्यक्रम गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *