दाङकी कोरोना संक्रमित महिलाको कोहलपुरमा मृत्यु

नेपालगन्ज: दाङकी कोरोना संक्रमित एक महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेस श्रेष्ठका अनुसार घोराही उपमहानगरपालिका १० की ६५ बर्षिय संक्रमित महिलाको उपचारकाक्रममा मृत्यु भएको हो ।
अस्पताल स्रोतका अनुसार सोमबार बेलुका ५ बजे अस्पतालको प्रि आइसोलेसन वार्डमा भर्ना भएकी ती महिलामा रोगको प्रकृती अनुसार सवै प्रकारका उपचार गर्दा पनि सुधार नआएपछि मंगलबार दिउसो १ः५० बजे उनको मृत्युको पुष्टि भएको हो । यो संगै बाँकेमा बाहीरी जिल्लावाट उपचारका लागि आएका २३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।