बर्दियामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा रिमाल दम्पतीको मृत्यु

गुलरिया : बर्दियामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किंदा पति पत्नीको मृत्यु भएको छ ।
नेपालगन्ज गुलरिया सडक खण्ड अन्तगर्त पर्ने बढैयाताल ७, पचासामा सडक दुुर्घटना हुँदा मोटरसाइकलमा सवार पचासा निवासी २५ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीय ललिता रिमालको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका अनुसार नेपालगन्जबाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० न.ं को मोटरसाइकल र काठ लिएर विपरित दिशाबाट जाँदै गरेको भे १ त ५०९९ नम्वरको ट्रयाक्टर एक आपसमा ठोक्किएको हो । दुर्घटनामा गम्भीर घाइते रिमाल दम्पतिको नेपालगन्ज पठाइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ ।